• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

दुर्लभ कछुवाको उद्धार


  • खुला नेपाल
  • सोमवार, मंसिर १५, २०८२
  • 1.7K
    SHARES

दुर्लभ कछुवाको उद्धार
झापा । मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिका कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ।

स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आएका थिए। वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिका कछुवाको संरक्षण आवश्यक रहेको बताए। उनले महतको घरबाट ती कछुवा उद्धार गरे।

संरक्षणकर्मी लुइँटेलले डिभिजन वन कार्यालय झापालाई कछुवा उद्धार गरिएको जानकारी दिएको बताए। उद्धार गरिएका कछुवालाई डिभिजन वन कार्यालयमार्फत अर्जुनधारामा रहेको कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने उनले जानकारी दिए।

प्रतिक्रिया