• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

हुम्लामा थपियो दुई वटा मतदानस्थल


  • खुला नेपाल
  • बुधबार, मंसिर १७, २०८२
  • 2.1K
    SHARES

Compressed by jpeg-recompress

हुम्ला। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा दुई वटा मतदानस्थल थपिएका छन् । जिल्ला स्तरीय मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ समितिको मागलाई निर्वाचन आयोगले सम्बोधन गर्दै दुई वटा मतदानस्थल आयोगले थप्ने निर्णय गरेको हो ।

आयोगले दुई वटा मतदानस्थल थप्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकृत भीमबहादुर रोकायाले बताउनुभयो  । नयाँ मतदानस्थल थपिएको परिपत्र आयोगबाट आइसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया