• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

एनपिएल : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा


  • खुला नेपाल
  • बिहिबार, मंसिर १८, २०८२
  • 1.6K
    SHARES

काठमाडौँ। साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार भएको खेलमा काठमाण्डुले पोखरा एभेन्जर्सलाई १३ रनले हरायो ।

लिगको सबै खेल सकेको काठमाण्डु १० अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ । काठमाण्डु प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम दुई खेल अगावै प्लेअफमा पुगिसकेको छ ।

काठमाण्डुसँगको हारसँगै पोखराको प्लेअफ सम्भवना कमजोर बनेको छ । पोखराको ६ खेलबाट चार अङ्क छ । जितका लागि एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ५२ रनमा समेटिएको थियो ।

पोखराका लागि रिशि धवनले अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले ३१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ५४ रन बनाउनुभयो । यस्तै धनञ्जय लक्ष्मणले ३०, कप्तान कुशल भुर्तेलले २२ र जासन रोयले १६ रन बनाउनुभयो ।

प्रतिक्रिया