काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ ।
आइतबार भएको खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो ।
जनकपुरका लागि सञ्जय कृष्ण मूर्तिले सर्वाधिक ५१ रन बनाए पनि जित दिलाउन सकेनन् । बलिङमा कर्णालीका विलियम बोसिष्टोले सर्वाधिक २ विकेट लिए ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
