मुम्बई । भारतीय रियालिटी शो बिग बोस १९ को उपाधि गौरव खन्नाले जितेका छन्। मुम्बईमा आइतबार भएको ग्रान्ड फिनालेमा फरहाना भट्ट उपविजेता बनिन्।
प्रतियोगितामा अमाल मलिक पाँचौँ, तान्या मित्तल चौथो र प्रणीत मोरे तेस्रो स्थानमा रहे। विजेता बनेका गौरव खन्ना चर्चित टिभी अभिनेता हुन्। उनी ‘सीआईडी’ र ‘अनुपमा’ जस्ता लोकप्रिय टिभी शोहरूमा देखिइसकेका छन्। शो जितेबापत गौरवलाई बिग बोसको ट्रफीसँगै ५० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त भएको छ।
ग्रान्ड फिनालेमा बलिउडका चर्चित हस्तीहरू कार्तिक आर्यन, अनन्या पाण्डे, अरमान मलिक र करण कुन्द्रा लगायत धेरै कलाकारहरूको उपस्थिति रहेको थियो।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
