• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

श्रमिक चुस्ने माफिया विरुद्ध बोल्ड कदम, एउटा भण्डारीले बढाएको रकम अर्का भण्डारी मन्त्रीले खारेज गरिदिए


  • खुला नेपाल
  • शनिबार, पुस ५, २०८२
  • 3.6K
    SHARES

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको रगत चुस्ने गरी श्रम तथा रोजगार मन्त्रालयका अघिल्लो मन्त्री शरदसिंह भण्डारीले गरेको निर्णय अहिलेका मन्त्रीले खारेज गरेका छन् ।
प्रति श्रमिक ३ हजार बढाई स्वास्थ्य परीक्षण गर्ने उक्त निर्णय खारेजी गर्ने बहालवाला मन्त्री संयोगले भण्डारी नै परेका छन् ।

हालै मात्र मन्त्री बनेका प्रहरी पृष्ठभूमिका श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गरी अघिल्लो शंकास्पद र श्रमिकमारा निर्णय खारेज गरेका हुन् ।
यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्‍याएको थियो । सरकारले यो निर्णय खारेज गर्दै पुरानै अर्थात छ हजार ५०० कायम गरेको हो ।
शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै मार परेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

मलेसियामा कामदार पठाउन सक्रिय मेडिकल माफियाको डिजाइनमा अघिल्लो श्रम मन्त्री भण्डारीले २ करोड बुझेर स्वास्थ्य परीक्षण शुल्क ५० प्रतिशत बढाएको मन्त्रालय स्रोतले खुलानेपाललाई जानकारी दियो ।
स्वास्थ्य परिक्षणका काममा कब्जा जमाएर बसेका माफियाले रकम असुलेर अघिल्ला मन्त्री र सचिवलाई बुझाएका थिए ।

‘सर्वसाधारण मजदुरलाई घाँटी निमोठ्ने काम गर्ने त्यस्ता माफियालाई अब सम्पत्ति शुद्धिकरणमा कारवाही गर्नुपर्छ,’ मन्त्रालयका एक जना अधिकृतले भने, ‘हामीले त्यस्ता व्यक्तिको सम्पत्ति छानवीन गर्न वर्तमान मन्त्रीज्यूलाई भनिसकेका छौं ।’

प्रतिक्रिया