ध्यान भारतीय उपमहाद्वीपबाटै जन्मिएको विज्ञान हो। धेरै भाषाहरूमा यसको शाब्दिक अनुवाद छैन, त्यसैले ुध्यानु भन्नाले कुनै वस्तुमा ुफोकसु गर्नु वा ुकन्सन्ट्रेशनु भन्ने बुझिन्थ्यो। ध्यान भारतीय उपमहाद्वीपको हिमाली क्षेत्रबाट उत्पन्न भएको चेतनाको विज्ञान हो। विशेषतः यो भारत र नेपालबाट तिब्बत हुँदै चीन र पूर्वी एसियासम्म फैलिएको हो। ध्यानका लागि हिमाली क्षेत्र एक उर्वरा भूमि हो।
ध्यानका प्रथम गुरु शिव हुन्। आदिगुरु शिवको कालखण्ड १० हजार वर्ष पहिले हो कि १५ हजार वर्ष पूर्व हो, यकिन छैन। तर, शिव नै ध्यानका प्रथम गुरु हुन् भन्ने कुरामा कुनै विवाद छैन। शिवको ध्यानको संहिता ुविज्ञान भैरव तन्त्रु मा वर्णित ११२ ध्यानका विधिहरू हामीसँग भएको ध्यानको अभिलेखको पहिलो प्राचीन पुस्तक हो। तिनै ११२ ध्यानका विधिहरूको आधारमा नै अन्य गुरुहरूले ध्यानका विभिन्न पद्धतिहरू विकास गरे। बुद्धको विपश्यना र आनापानाको आधार पनि शिवको ुविज्ञान भैरव तन्त्रु नै हो।
ध्यानको जगत्मा अर्को क्रान्ति गर्ने व्यक्ति पतञ्जली हुन्। उनले ध्यानको उच्चतम अवस्था ुसमाधिु सम्म पुग्ने साधनाको आठ भागमा विभक्त एक व्यवस्थित पद्धति विकास गरे। साधारणतया हामीले बुझेजस्तो शारीरिक अभ्यास र केही प्राणायाम मात्र योग होइन। त्यो हठयोग स्वात्माराम र घेरण्डले पछि विकास गरेका हुन्। योग भनेको चित्तका वृत्तिहरू रोकिएको अद्वैत बोधको अवस्था होस स्वयंभित्र परमानन्द समाधिको अवस्था हो। यो अवस्था योगको परम लक्ष्य हो। पतञ्जलीले सामाजिक र व्यक्तिगत अनुशासन ९यम, नियम० देखि शरीर र प्राणशुद्धि हुँदै चेतनालाई भित्र मोड्दै साधनाको खुड्किलो चढ्दै समाधिसम्म पुग्ने विज्ञान प्रस्तुत गरे।

त्यसपछि ध्यानको विकासमा अर्को ठुलो योगदान दिने गोरखनाथ हुन्। उनबाट ध्यानका अनेकौँ विधिहरू निस्किए। तन्त्रका जन्मदाता पनि उनी नै भए। यी तीन गुरुपछि अरू जति पनि गुरु भए, उनीहरूले यिनै गुरुहरूकै विधिहरू लिएर आफ्ना ध्यानका विधिहरू बनाएका छन्। आदरणीय गुरु एस।एन। गोयन्का, जसप्रति मेरो मनमा अति आदर छ, उहाँले आनापाना सति र विपश्यनालाई विश्वव्यापी ख्याति दिलाउनुभयो। त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ। तर, ती सबै विधिहरू ुविज्ञान भैरव तन्त्रु मै आधारित छन्।
ती तीन गुरुपछि एक महान् क्रान्तिकारी गुरुको विगत शताब्दीमा जन्म भयो— उहाँको नाम हो ओशो रजनीश। उहाँले ध्यानलाई २१औँ शताब्दीको परिप्रेक्ष्यमा विकास गर्नुभयो र यसलाई समसामयिक बनाउनुभयो। पहिला विकास भएका ध्यानका विधिहरू आजको भन्दा भिन्न परिप्रेक्ष्यमा विकास भएका थिए। त्यतिबेला विज्ञानको यति विकास भएको थिएन। मानिसहरू शारीरिक श्रम गर्थे, घण्टौँ खेतमा काम गर्थे। महिला र पुरुष दुवैले ठुलो श्रम गर्नुपर्थ्यो। त्यसकारण त्यतिबेला निष्क्रिय प्रकारका ध्यान विधिहरू थिए। सिधै निष्क्रियतामा गएर, शान्त भई श्वासलाई कुनै बिन्दुमा फोकस गर्ने वा मनलाई कुनै एक वस्तुमा लगाएर स्थिर चित्तको विकास गरी साक्षी भावमा रहने निष्क्रिय विधिहरू प्रभावशाली थिए। २१औँ शताब्दीमा विकास भएको विज्ञान र प्रविधिबाट प्राप्त सुविधाले हाम्रो शरीर धेरै निष्क्रिय भइसक्यो। हामी अधिकांश समय कुर्सीमा बस्छौँ। शारीरिक श्रमलाई बिस्तारै मेसिन र यन्त्रले विस्थापित गरिरहेको छ। यसले हाम्रो शरीरलाई कमजोर बनाएको छ।
त्यसैले ओशोले ध्यानको जगत्मा महान् क्रान्ति के गर्नुभयो भने उहाँले युग सुहाउँदो र समयसापेक्ष ध्यानका नवीनतम विधिहरू खोज गर्नुभयो र ुसक्रिय ध्यानु ९ब्अतष्खभ ःभमष्तबतष्यल० का विधिहरू बनाउनुभयो। उहाँले क्याथारसिस ९रेचन०, नृत्य र शारीरिक प्रक्रियामा आधारित ध्यानका विधिहरू दिनुभयो। अहिलेको मनुष्य मानसिक रोग, तनाव, चिन्ता र विषादबाट पीडित छ। उसको अचेतनमा अनेक कुण्ठा दबेर बसेका छन्। मनलाई शान्त बनाउने निरापद् तरिकाहरूबाट वञ्चित मनुष्यको अचेतन मनमा यी दबेका संवेगहरूले समय(समयमा आत्महत्या वा सामूहिक हत्याजस्ता विस्फोटक रूप लिन्छन्। तिनले अनेक देखिने र नदेखिने समस्याहरू ल्याउँछन्।
त्यसैले ओशोले रेचन ९क्याथारसिस० मा आधारित सक्रिय ध्यान बनाउनुभयो। सुरुका दिनहरूमा विश्वभरि नै उहाँको आलोचना भयो। ुध्यान पनि यसरी उफ्रेर, चिच्याएर, नाचेर, गाएर कसरी हुन्छरु ध्यान त निष्क्रिय भएर गर्ने कुरा हो, सक्रिय ध्यान भन्ने नामै ठीक भएनु भन्दै आलोचना गरियो। ओशोले लोकमत र पुरातनपन्थीहरूको विरोधको कहिल्यै चिन्ता गर्नुभएन। उहाँले यसको वैज्ञानिकताको व्याख्या गर्नुभयो। आज ओशोले सक्रिय ध्यान बनाउनुभएको ५५ वर्ष भइसक्यो। अब बिस्तारै विश्वले यसलाई मान्यता दिइरहेको छ।
आज ुएक्टिभ मेडिटेशनु खेलकुदका अनेक विधामा, मनोचिकित्सामा र स्वास्थ्यका अनेक आयामहरूमा प्रयोग भइरहेको छ। ओशोका कुण्डलिनी ध्यान, डाइनामिक ध्यान, चक्र ध्वनि, चक्र ब्रिदिंग जस्ता विधिहरू नियमित प्रयोगमा छन्। धेरैले यी ध्यानहरूको नाम परिवर्तन गरी वा ओशोको नाम नलिई आफ्ना पद्धतिहरू बनाइरहेका छन्। सैनिक, प्रहरी र व्यावसायिक तालिमका कार्यक्रमहरूमा यी ध्यानले मानिसलाई छोटो समयमा तनाव र कुण्ठाबाट मुक्त भएको अनुभूति गराउँछन्। आधुनिक मनुष्यको मनको गहन समझ र क्रान्तिकारी कदमबाट विकसित सक्रिय ध्यानहरूको महत्ता बुझाउन ५५ वर्ष लाग्यो। हामीलाई पनि नेपालमा यो कुरा बुझाउन लगभग त्यति नै समय लाग्यो। तर, अब बिस्तारै मानिसहरूले बोध गर्न थालेका छन् कि सक्रिय ध्यान आजको आवश्यकता हो। २१औँ शताब्दीमा आनापाना, विपश्यना वा जेन जस्ता निष्क्रिय ध्यानहरू सक्रिय ध्यान गरिसकेपछि मात्र राम्रोसँग गर्न सकिन्छ। सक्रिय ध्यान शारीरिक र मानसिक स्वास्थ्यका लागि अब चुनावको विषय होइन, अनिवार्य भएको छ।
पहिला ध्यान जोगीहरूले मात्र गर्ने काम हो भन्ने ठानिन्थ्यो। केही बौद्धिक व्यक्तिहरूले निष्क्रिय ध्यानका अभ्यास गर्थे। आधारभूत रूपमा समाज गृहस्थ र संन्यासीमा विभाजित थियो। गृहस्थले पूजापाठ गर्ने र जोगीहरूको सेवा गर्ने तथा जोगीहरूले ध्यान गर्ने र गृहस्थलाई आशीर्वाद दिने संस्कृति थियो। ओशोले त्यसलाई पनि तोडिदिनुभयो। उहाँले ुगृहस्थ संन्यासीु वा ुकर्म संन्यासीु बनाउनुभयो। यस्ता संन्यासीहरूले घरमै बसेर ध्यानका गहन प्रयोग गर्न सक्ने भए। घर छोडेर हिमालका कन्दरा वा जङ्गलतिर भाग्नु परेन। आफ्नो घरकै ध्यान कक्षमा साधना सम्भव भयो। यो ओशोको दोस्रो क्रान्ति हो। ध्यान दैनिक व्यवहारमै मिसिन थाल्यो।
सुरुका दिनमा नेपालको जेलमा हाम्रा स्वयंसेवकहरूले गाएर योग र ध्यान गराउनुहुन्थ्यो। त्यसबेला जेलमा रहेका माओवादी र वामपन्थी झुकावका नेताहरू शारीरिक व्यायाममा त बस्नुहुन्थ्यो तर ध्यान सुरु भएपछि उठेर जानुहुन्थ्यो। उहाँहरूलाई ध्यान गर्नु भनेको धर्म मान्नुजस्तै लाग्थ्यो। अहिले पनि ध्यान धार्मिक व्यक्तिले मात्र गर्ने हो भन्ने धारणा छ। तर, सच्चा धार्मिक व्यक्ति को होरु अरूप्रति प्रेम, अहिंसा र सहानुभूतिको भाव राख्ने र यो विश्वलाई अलिकति सुन्दर बनाउन चाहने व्यक्ति नै सच्चा धार्मिक हो। हामी चन्दन(टीका लगाउने वा रातो वस्त्र लगाउने वा गुफामा बस्नेलाई मात्र धार्मिक भन्दैनौँ। जो अरूको पीडा बुझ्छ र आफ्नो जीवन रूपान्तरण गर्न चाहन्छ, उही धार्मिक हो। ध्यान धर्ममा विश्वास नगर्ने व्यक्तिका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ। शान्त मन, स्वस्थ मस्तिष्क र तन्दुरुस्त शरीर त सबैलाई चाहिन्छ। त्यसैले अहिले मुस्लिम देशहरूमा पनि योगको भव्य स्वागत भइरहेको छ। पहिला विदेशमा ध्यान शिविर सञ्चालन गर्दा ुनेपालबाट आएर हामीलाई हिन्दु बनाउन लागिएको छु भन्ने गुनासो सुनिन्थ्यो। यो भ्रम अब ुविश्व ध्यान दिवसु ले तोड्दै छ। अब मुस्लिम, इसाई र कम्युनिस्ट देशहरूमा ध्यानप्रति रहेको भ्रम हट्दै जानेछ।
झन्डै १० वर्षदेखि मैले एउटा कुरा लगातार उठाउँदै आएको थिएँ— अन्तर्राष्ट्रिय ध्यान दिवसको प्रस्ताव अघि बढाउनुअघि नेपालले आफैँ ुराष्ट्रिय ध्यान दिवसु घोषणा गरोस्। त्यसपछि अन्य बौद्ध देशहरूसँग समन्वय गरेर संयुक्त राष्ट्रसङ्घमा यो प्रस्ताव राखोस्। ध्यान दिवसको नेतृत्व नेपालले लिएमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सम्मान बढ्ने र नेपाललाई ुध्यानको राजधानीु का रूपमा परिचित गराउने अवसर मिल्नेछ। भारतले ुअन्तर्राष्ट्रिय योग दिवसु को नेतृत्व गर्दा विश्वभर उसको जुन प्रतिष्ठा बढेको छ, नेपालले पनि ध्यानमार्फत त्यस्तै महिमा प्राप्त गर्न सक्छ।
मैले विगतका सबै प्रधानमन्त्रीलाई भेटेर ध्यान दिवसको महत्त्व बुझाउने दस्ताबेजहरू प्रस्तुत गरेको थिएँ। बुद्धले ध्यानबाटै निर्वाण प्राप्त गरेको हुनाले सुरुमा ुबुद्ध जयन्तीु कै दिन ध्यान दिवस मनाउने प्रस्ताव राखिएको थियो। तर, बौद्ध मित्रहरूले बुद्ध जयन्तीको आफ्नै छुट्टै महत्त्व भएकोले ध्यान दिवस अर्कै दिन मनाउन उपयुक्त हुने सुझाव दिनुभयो। संयुक्त राष्ट्रसङ्घमा इस्वी संवत्को निश्चित तारिख चाहिने भएकोले अङ्ग्रेजी महिनाको कुनै मिति तय गर्ने कुरा चल्यो।
सौभाग्यवश, सन् २०२४ अक्टोबरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गर्नुभयो। तत्कालीन उपप्रधानमन्त्री श्री नारायणकाजी श्रेष्ठ, जो ओशो तपोवन र मेरो अभिन्न मित्र हुनुहुन्छ, उहाँले मेरो आग्रह सुनिदिनुभयो र महासचिव गुटेरेस समक्ष विश्व ध्यान दिवसको प्रस्ताव राख्नुभयो। महासचिवलाई यो विचार समयसापेक्ष लाग्यो र उहाँले सकारात्मक रूपले अगाडि बढाउने आश्वासन दिनुभयो। अन्ततः २९ नोभेम्बर २०२४ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभामा सङ्कल्प प्रस्ताव पेस भयो र ७ डिसेम्बरका दिन डिसेम्बर २१ लाई ुविश्व ध्यान दिवसु मनाउने निर्णय पारित भयो। यो सफलता प्राप्त भएकोमा हामी सबै नेपालीलाई गर्व छ।
भारतको ुआयुष मन्त्रालयु ले परम्परागत चिकित्सा र योगको प्रवर्द्धन गरेझैँ नेपालले पनि आयुर्वेद, योग, ध्यान र प्राकृतिक चिकित्सालाई एकीकृत रूपमा विकास गर्ने मन्त्रालय स्थापना गर्नुपर्छ। यसले हाम्रो मौलिक संस्कृतिको उत्थान गर्नेछ र विश्वमा नेपालको छुट्टै पहिचान बनाउनेछ।
विगत ३५ वर्षमा ओशो तपोवनमा ११० देशका मानिसहरूले ध्यान साधना गरी दीक्षा लिइसकेका छन्। प्रत्येक वर्ष ६०(७० देशका मानिसहरू यहाँ आउँछन् र प्रशिक्षक बनेर फर्कन्छन्। योगको राजधानी ऋषिकेशलाई मानिएझैँ नेपाललाई ुध्यानको राजधानीु का रूपमा विकसित गर्न सकिन्छ। नेपालका लागि ध्यान कुनै आयातित संस्कृति होइन, यो हाम्रो माटोमा उम्रेको मौलिक पहिचान हो। बुद्ध जन्मभूमि लुम्बिनी र हाम्रो योग(तन्त्रको लामो परम्परालाई विश्वसामु चिनाउन राष्ट्रिय नीति बनाई ुध्यान एकेडेमीु स्थापना गरिनुपर्छ। यसो भएमा नेपाल ध्यानको एक आकर्षक अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्छ। ओशो तपोवन
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
