• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

विश्वमा कोरोनाका कारण ७ लाख १८ हजारले ज्यान गुमाए

१ करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित


  • खुला नेपाल
  • शुक्रबार, साउन २३, २०७७
  • 4.1K
    SHARES

जेनेभा (रासस/एएफपी) । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख १८ हजार ७७ जनाले ज्यान गुमाइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ ।

सो संगठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा १ करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म १ करोड २३ लाख ७५ हजार ३ सय ७३ व्यक्ति कोरोना मुक्त भएर घर फर्किसकेका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६८० व्यक्तिको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ३२ हजार ५ सय ४७ जनामा कोरोना भाइरस सङ्क्रमित छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६२ हजार ८ सय ५ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा ४५ लाख ४४ हजार २५४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५४ हजार ८९२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५९ लाख २० हजार ३५३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २९ हजार ८८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख ९० हजार २३३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ३९० को मृत्यु भएको छ ।

एसिया ४७ लाख ८६ हजार ९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ५ हजार ३४८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ११ हजार ८७६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ११४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया