• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने अनुमान


  • खुला नेपाल
  • शुक्रबार, चैत्र १४, २०७६
  • 16.9K
    SHARES

प्रतिकात्मक तस्वीर

काठमाडौं– बिहीबार राती नेपालको गण्डकी प्रदेशको आकाशमा चम्किलो वस्तु देखियो । आकाशमा देखिएको उक्त चम्किलो वस्तुलाई लिएर अहिले सामाजिक सञ्जालहरुमा विभिन्न चर्चा सुरु भएको छ । यद्यपि, उक्त चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताएको छ ।

सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले ‘बिहीबार साँझ करिब ८ बजेतिर नेपाली आकाशमा केही चम्किलो वस्तु सँगसँगै आवाज पनि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पजेमार्फत भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक सूचनाको अनुमान स्वरुप उक्त वस्तु उल्कापिण्ड हुन सक्ने आधार रहेको कुरा छ ।’

सोसाइटीले प्राप्त जानकारीहरुको आधारमा उक्त उल्कापिण्ड गण्डकी प्रदेशमा खसेको हुनसक्ने बताएको छ ।

साथै, अनुसन्धान गर्न सोसाइटीले आफूसँग भएका तस्बिर र भिडियो भए पठाउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया