काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई भर्चुअल विशेष महाअधिवेशन गर्न अनुमति दिएको छ । नेपाल सरकारले भर्चुअल रुपमा विशेष महाधिवेशन गर्न अनुमति प्रदान गरेसंगै विशेष महाधिवेशनका लागि बाटो खुला भएको छ । संघका अध्यक्ष कुमार पन्तले संघको प्रस्ताव अनुरुप परराष्ट्र मन्त्रालयबाट विशेष महाअधिवेशन गर्ने अनुमतिको पत्र प्राप्त भएको बताए ।
अब संघको पदाधिकारी बैठक बसेर छिट्टै विशेष महाधिवेशनको मिति तय गरिने अध्यक्ष पन्तले बताए । परराष्ट्रको पत्रमा अन्तर्राष्ट्रिय महाधिवेशन अनलाइनमार्फत भर्चुअल रुपमा गर्न सकिने उल्लेख गरिएको छ।
गत वर्ष सम्पन्न संघको महाधिवेशनमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित नभएपछि विधानअनुसार विशेष महाधिवेशन गर्न लागिएको हो। आगामी विशेष महाधिवेशनमा संस्थाको विधान संशोधनको प्रस्ताव लगिने तयारी गरिएको छ, जसमा निःशुल्क सदस्यता, अनलाईन भोटिङको प्रस्ताव लगिने संघले जनाएको छ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

