काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले सारा विश्मा नै व्याप्त छ । यस महामारीका कारण करोडौँ मानिसहरु बेरोजगार भएका छन् । जसका कारण हरेक देशमा बेरोजगारी बढ्दै गएको छ । तर अष्ट्रेलियामा भने एक अनौठो घटना भएको छ । त्यहाँको इप वर्थ अस्पतालमा एक बिरालोलाई जागिर दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिरालोको नाम इलवुड रहेको छ । र अष्ट्रेलिया शहरको रिचमण्ड शहरमास्थित इपवर्थ अस्पतालले सिक्योरिटी गार्डको रुपमा बिरालोलाई जागिर दिएको हो । जो अहिले गेटमा सिक्योरिटीको काम गरिरहेको छ । उसलाई आईडी कार्ड समेत लगाईदिइएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
