एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अबको केही दिनभित्रै कोरोना भाइरस संक्रमितको संख्या १० लाख पुग्ने बताएको छ । डब्लुएचओले कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ५० हजार पुग्ने उल्लेख गरेको छ ।
डब्लुएचओका प्रमुख टेड्रोस अदनोम गेब्रेयससले केही दिन भित्रै संक्रमितको संख्या १० लाख र मृत्यु हुेनेको संख्या ५० हजार पुग्ने बताउनु भएको हो ।
डब्लुएचओले अहिलेको विशम परिस्थितिलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको जनाएको छ । साथै, फेस मास्कको प्रयोगलाई व्यापक बनाउन सकिन्छ भन्ने सन्दर्भमा पनि बहस भइरहेको जनाइएको छ ।
बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट ४६ हजार ८ सय मानिसको मृत्यु भइसकेको छ । यस्तै, ९ लाख ३२ हजार ६ सय बढी मानिस संक्रमित भएका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
