काठमाडौं । स्मार्ट सेलले ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस दिने भएको छ । फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जनाएको छ ।
यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ बोनस पाउन सकिन्छ । त्यस्तै १ सयको रिचार्जमा ३ सय रुपैयाँ, २ सयको रिचार्जमा ६ सय रूपैयाँ, ५ सयको रिचार्जमा १६ सय र एक हजारको रिचार्जमा ४ हजार बोनस दिने भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
