• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

‘निजी अस्पताल सरकारी दायरामा आउनुपर्छ’

कोरोना भाइरस संक्रमणको उपचारमा निजी अस्पताल लाग्नुपर्नेमा नेकपा बाग्मती प्रदेश कमिटीको जोड


  • खुला नेपाल
  • आइतवार, चैत्र ३०, २०७६
  • 12.5K
    SHARES

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश संगठन कमिटीले निजी अस्पतालहरुलाई सरकारी दायरामा ल्याएर कोरोना भाइरस संक्रमणको उपचारमा केन्द्रित गराउन माग गरेको छ ।

निजी अस्पतालहरुले सामान्य रुघाखोकी र ज्वरोका वबरामीलाई समेत उपचार नगराई फर्काएको सन्दर्भमा बाग्मती प्रदेश कमिटीले यस्तो माग गरेको हो । शंकास्पद व्यक्तिको नियमित स्वास्थ्य परीक्षण र उपचारमा तदारुकताका देखाउन पनि उसले जोड दिएको छ ।

पार्टीको बाग्मती प्रदेश अध्यक्ष नारायण दाहाल र सचिव आनन्दप्रसाद पोखरेलको हस्ताक्षर गरी आइतबार जारी विज्ञप्तिमा सीमामा रहेका नेपालीहरुको व्यवस्थित बसाइका लागि पनि आग्रह गरेको छ ।

मुलुक संकटमा रहेको र सम्पूर्ण नियमित प्रक्रिया अवरुद्ध भएको बेला कालोबजारी, तस्करी र भ्रष्टाचार भइरहेको सुनिएको, स्वास्थ्य सामग्री अभाव भइरहेको र कतै भ्रष्टाचार भए कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

परिस्थितिअनुसार लकडाउन पुन थपिन सक्ने अवस्था भएकाले सबै जनसमुदायलाई आफू र परिवारका सदस्यहरुलाई घरै बसेर लकडाउनका नियम पालना गर्न पनि आग्रह गरिएको छ । साथै सरकारले जारी गरेका सूचना र आगामी कदमलाई साथ दिनसमेत कमिटीले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया