• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

एनआरएन अमेरिकाको महासचिव उम्मेदवार दोलखाली, सामाजिक काममा जोड


  • खुला नेपाल
  • आइतवार, जेष्ठ २, २०७८
  • 12.1K
    SHARES

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को आसन्न निर्वाचनमा दोलखा घर भई नर्थ क्यारालिना बस्दै आएका नवराज सुवेदीले महासचिवमा उम्मेदवारी दिनुभएको छ ।

सुवेदीले एनआरएनको सदस्यताको मापदण्डलाई फराकिलो पार्ने, नेपालको सामाजिक विकासमा जोड दिने लगायत एजेण्डालाई प्राथमिकता साथ अघि बढाउनुभएको छ ।

तीन बुँदे मुख्य एजेण्डा घोषणा गर्दै प्रचारमा अभियानमा सक्रिय महासचिव पदका प्रत्याशी सुवेदी आफू निर्वाचित भए एनआरएनको गरिमा बढाउनेगरी काम गर्ने बताउनुहुन्छ ।

‘मेरो उम्मेदवारी अमेरिकामा रहेका नेपालीहरुलाई साझा हितका लागि गोलबन्द गर्न, एनआरएन अमेरिकालाई राजनीतिक प्रतिशोधमुक्त र पारदर्शी बनाउनका लागि हो, सुवेदीले भन्नुभयो ।

अमेरिकामा स्थायी बसोबास अनुमति प्राप्त गर्ने सबै नेपालीले स्वतः एनआरएनको सदस्यता प्राप्त गर्ने व्यवस्था गर्नुपर्नेमा सुवेदीको जोड छ । ​एनआरएनमा राजनीतिक आस्थाका आधारमा बढेको विभाजनले संस्थालाई कमजोर बनाउँदै लगेको भन्दै उहाँले एकताबद्ध एनआरएन बनाउन महासचिवका रुपमा भूमिका निर्वाह गर्न आफू आतुर रहेको बताउनुभयो ।

अमेरिका पुग्ने नेपालीलाई प्रारम्भिक दिनमा पर्ने समस्या समाधानमा आफूले विशेष जोड दिने भन्दै सुवेदीले अमेरिकाका ५० वटै राज्यमा संगठन विस्तार गर्ने र सामाजिक कार्यलाई पनि तीव्रता दिने दृढता समेत राख्नुभएको छ ।

प्रतिक्रिया