• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर अलप हुन्न


  • खुला नेपाल
  • मङ्लबार, फाल्गुन २०, २०७६
  • 10.4K
    SHARES

काठमाडौं – दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा
ओलीले भिडिओ सन्देश जारी गरेका छन् ।

उक्त भिडिओ सन्देशमा उनले प्रत्यारोपण सफल हुने विश्वास व्यक्त गरेका छन् ।

प्रविधि र ज्ञानको विकासले अहिले प्रत्यारोपण पहिलाजस्तो जटिल हुँदैन । आफ्नै देशमा अनुभवी चिकित्सक मिर्गौला
प्रत्यारोपण गर्न पाउँदा म गर्व गर्छु र खुसी छु,’ ओलीले भनेका छन्,‘यो सजिलै हुने मेरो विश्वास छ ।’

आफूले नेपालीका मुर्छित सपनाहरू जागृत गरेको भन्दै ती सपनाहरूलाई बीचमै छोडेर आफू अलप नहुने बताए ।

‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र
पारेर म पनि अलप हुन्न । संसारमा कोही पनि अजम्बरी छैन। मेरो यो संकल्प पनि अजम्बरी होइन । हाम्रा जागृत सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरू बुझ्नु नै भएको छ,’ प्रधानमन्त्रीले भनेका छन् ।

आफूले कहिले निरंकशुताविरूद्ध, कहिले राष्ट्रियता र कहिले स्थायित्व नचाहने शक्तिसँग संघर्ष गर्दागर्दै शरीरभित्र विकसित
भएका विविध रोगको उपचार गर्न बाध्य भएको ओलीको भनाइ छ ।

उनले आफ्नो उपचार सफल हुनेमा ढुक्क हुन पनि आग्रह गरेका छन् ।

‘केही दिनको अस्पताल बसाइँ र आरामपछि नयाँ ऊर्जा लिएर काममा फर्किनेछु । यसबीचमा सरकारका सबै काम अघि
बढ्ने छन्,’ प्रधानमन्त्रीले भनेका छन्,‘कोरोनाको नयाँ समस्यासँग जुध्न पनि संयन्त्र मिलाएको छु । आवश्यक पर्दा सबै
निर्णय गर्न सक्ने प्रबन्ध गरिएको छ ।’

 

प्रतिक्रिया