• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

लोक सेवा आयोगका स्थगित परीक्षाहरु १५ साउनदेखि


  • खुला नेपाल
  • बुधबार, असार १६, २०७८
  • 21.7K
    SHARES

काठमाडौँ । कोरोना महामारीका कारण स्थगित भएका लोक सेवा आयोगका सबै तहका परीक्षा आगामी साउन १५ गतेबाट सञ्चालन हुने भएका छन् ।

आयोगले मंगलबार परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा सञ्चालन हुने जनाएको हो ।

आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए ।

आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सञ्चालन गरिसक्ने लक्ष्य छ ।

प्रतिक्रिया