• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

उत्तरगया युनिक कल्व सामाजिक कार्यमा रसुवाकै अब्बल बन्दै


  • खुला नेपाल
  • शनिबार, अशोज ९, २०७८
  • 7K
    SHARES

रसुवा। उत्तरगया युनिक कल्ब रसुवाको सहकार्यमा मानवसेवा आश्रमले रसुवा र नुवाकोटमा वर्षौदेखि सडकमा रहेका तीन जनाको उद्धार गरेको छ ।

सामाजिक उत्तरदायित्वको काम गर्दै आइरहेको कल्बका अध्यक्ष सुरेन्द्र आचार्यले बताउनुभयो । “विगत लामो समयदेखि घरबार विहिन भएकाहरुलाई कल्बको नेतृत्वमा उद्धार गरेका छौ, अध्यक्ष आचार्यले भन्नभुयो ‘अब हामी समाजिक र मानवीय कामलाई प्राथमिकतामा राखेर काम गर्नेछौ ।”

समाजमा देखिएको विकृती र विसंगती अन्त्य गर्ने र घरबार विहिन भएकाहरुलाई सहयोग गर्ने कल्वको प्राथमिकता रहेको आचार्यले बताउनुभयो । चेलबेटी बेचबिखन रोक्नका लागि अहिले समाजिक क्षेत्रमा आबद्ध भएका संस्थासँग सहकार्य गरिरहेको छ ।

त्यस्तै कल्वले युवाहरुलाई विकृती र कुलतबाट टाढा राख्न खेलकुद र रचनात्मक क्रियाकलापमा संलग्न गराइरहेको छ । सामाजिक उत्तरदायित्वमा मात्रै नभइ कल्वमा आबद्ध भएका युवाहरुले खेल क्षेत्रमा समेत अब्बल छन् । केही महिना अघिमात्रै रसुवा धुन्चेमा भएको फुटबल प्रतियोगितामा जिल्लाकै प्रथम स्थान ओगट्न सफल भएको आचार्यको भनाई छ ।

प्रतिक्रिया