थाहा छैन यो जीवन जिउनकै लागि हो कि, अरु केहीका लागी पनि हो,
नत्र प्यारो मातृभूमि अनि मातृस्नेह त्यागेर यो अजनबी सहरमा,
कल्पनाभन्दा बाहिर को नयाँ परिवेशलाई अङाल्न केले बिवस बनायो मलाइ,
के मेरा पद्चाप हरु मेरो मातृत्व लाई भारी भएका हुनर अथवा मैले बोक्न सकिन आफ्नै जीवन को बोझहरु ।
होइन यति छिटै हार्ने छैन म मातृभुमिको ऋण चुकाउनबाट,
तेसैले जीवनमा जहाँ पुगेर भए पनि म आफ्नो परिश्रमी हात हरुमा,
फुलाउने छु आफ्नै रंगीचंगी बगैंचा अनि लानेछु एकदिन सुबासको मनमोहक एक बुन्द खुसीहरु,
अनि भर्नेछु मेरो ममताको आन्चल हराभरा !!!
त्यो स्वर्गीय एक पल प्राप्त गर्न म मेरो जिबनको अमुल्य समयलाइ,
परदेशमा पसिनाको नहरमा चुर्लुम्म डुबुल्की मार्छु, हासी हासी,
किनकि भोलि गएर मैले पुन मेरो मातृभूमि को सहारा बन्नु छ,
निर्दोष सन्तानको आन्खामा, सुरक्षाको प्रत्याभूति दिनुछ,
अनि सिङार्नुछ मेरो स्वदेश लाई शान्तिपुर्ण रङ्ग हरुले र सुरिला धुन हरुले !!!
दोलखा, चरिकोट, हालः कौशलटार, भक्तपुर
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
