• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

शिकार खेल्न जाँदा गोली लागेर युवकको मृत्यु


  • खुला नेपाल
  • सोमवार, मंसिर २०, २०७८
  • 2.7K
    SHARES

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो । पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन् ।

प्रतिक्रिया