• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

यसकारण पत्रकारसँगको ‘भ्यालेन्टाइन डे’ बेग्लै


  • खुला नेपाल
  • सोमवार, फाल्गुन २, २०७८
  • 8.5K
    SHARES

आज ‘भ्यालेन्टाइन डे’ आजको दिनमा प्रेमको महत्व विशेष नै छ । प्रेम तथा डेट भन्ने कुरा पक्कै पनि सहज हुँदैन । तर तपाईं पत्रकारसँग सम्बन्धमा हुनुहुन्छ भने यस्ता कतिपय कुरा छन्, जसले पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै फाइदा हुन्छ ।

१.पत्रकारहरूलाई विभिन्न कार्यक्रम तथा समारोहमा गइरहनुपर्ने भएकाले उनीहरूलाई राम्रा ठाउँहरूबारे ज्ञात हुन्छ पप कल्चरअनुसार पत्रकार असामाजिक र आत्मवादी एवं पूर्वाग्रही देखिन सक्छन् तर वास्तवमात्यस्ता अनेक ठाउँहरूबारे ज्ञात हुन्छ र उनीहरू घुम्न जान राम्रो ठाउँ रोज्न सहयोग गर्न सक्छन् । जसले तपाईंको डेटलाई अविस्मरणीय बनाउँछ ।

२. पत्रकारहरूसँग लेखनी पेसा भएका कारण सिर्जनशीलता उनीहरूको अर्को गुण हो । यद्यपि, उक्त सिर्जनशीलता समाचार, फिचर लेखनीमात्र नभई कतै तपाईंलाई सुन्दर प्रेम पत्र वा भावना व्यक्त गर्न पनि निकै सिर्जनशील हुन्छन्

३. गफिनका लागि उपयुक्त व्यक्ति वाककलामा पोख्त पत्रकारहरूसँगको कुराकानी तथा गफगाफ निकै रोचक र अन्त्यहीन हुनसक्छ । उनीहरुसँग हरेक कुराको थोरै भए पनि ज्ञमन हुन्छ जसले गर्दा कुनै पनि विषयमा गफिन सक्छन् ।

४.पैसामुखी व्यक्तित्वहरू पत्रकारितामा कमै लाग्छन् । यसकारण पनि उनीहरूको लागि पैसा प्राथमिकताको दोस्रो श्रेणीमा आउँछ । जसकारण तपाईंलाई उनीहरूले प्राथमिकताको लिस्टमा पैसाभन्दा माथि नै राख्ने छन् ।

५. भरोसायोग्य विश्वास अनि भरोसा पत्रकारको प्रमुख गुण हुन् । महत्वपूर्ण जानकारीका रेकर्ड राख्नेदेखि स्रोतको विश्वास उनीहरूले जितेका हुन्छन् । पत्रकारसँग डेट गर्नुहुन्छ भने उनीहरू तपाईंका रहस्यहरू गोप्य राख्न भरोसायोग्य पात्र हुनसक्छन् ।

६. ‘मल्टिटास्क’मा पोख्त कहिले नसकिने डेडलाइन, फोन कलमार्फत अनवरत कुराकानीसँगै जानकारी टाइप गर्नेदेखि प्रेसरयुक्त वातावरणमा पनि पत्रकार काम गर्न सक्छन् । जसको कारण उनीहरूमा मल्टिटास्कको क्षमता विकास भएको हुन्छ । उक्त प्रवृतिकै कारण उनीहरू आफ्ना काम अनि सम्बन्धलाई पनि उचित समय व्यवस्थापन गर्न सक्छन् । दिनभरको थकित कामपश्चात पनि उनी आफ्ना प्रियलाई माया प्रकट गर्न बिर्सिंदैनन् ।

७. उनीहरू तपाईंलाई ‘स्पेस’ दिन्छन् पत्रकारहरूलाई स–साना विषयमा झगडा, तर्क गर्ने समय हुँदैन । दैनिकचर्याको लेखाजोखा पनि उनीहरूले तपाईंबाट लिँदैनन् । जसकारण तपाईंलाई आफ्नो ‘स्पेस’ दिन्छन् । र, सोही प्रकारको व्यवहार आफ्नो लागि पनि अपेक्षा गर्छन् ।

८.उनीहरू मेहेनती हुन्छन् पत्रकार हुनु सजिलो छैन । उनीहरू मेहेनती र सहनशील हुन्छन् । पब्लिक रेलिसन बनाउनेदेखि समाचारको लागि स्रोतसँगको समय बिहान, दिउँसो, साँझ जुनसुकै समय पनि उनीहरू तयार रहन्छन् । अल्छीपना उनीहरूमा हुन्न । सही समयमा सही जानकारी र कामको हेक्का उनीहरूलाई हुन्छ । सोही नियम उनीहरूको दैनिक जीवन तथा सम्बन्धमा पनि लागू हुन्छ । सम्बन्ध सुमधुर बनाउन पनि उनीहरू उत्तिकै मेहेनत गर्छन् ।

९. राम्रो वाचकमात्र नभई कुशल श्रोता पनि पत्रकारसँग सुनाउन र बताउनको लागि निकै रोचक किस्साहरू हुन्छन् । गफिनेसँगै उनीहरू कुशल श्रोता पनि हुन्छन् । उनीहरू ध्यान दिएर तपाईंहरूलाई सुन्छन्, जुन एउटा सम्बन्धका लागि अत्यन्त आवश्यक हुन्छ । यसका साथै, उनीहरूले स–सानो हिन्टबाट पनि तपाईका धेरै कुरा बुझिहाल्छन् ।

१०ं. उनीहरू सहयोगी हुन्छन् उनीहरू सहयोगी स्वभावका हुन्छन् । चाहे त्यो कम चिनजान वा थोरै मात्र सामिप्यता भएकै किन नहोस् । उनीहरूले चिनेजानेको स्रोत तथा समुदायबाट तपाईंलाई सहयोग गर्न कुनै कसर छोड्दैनन् ।

 

 

प्रतिक्रिया