• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

राप्रपा एकतामा विवाद, सुनिल थापा अलग्गिने


  • खुला नेपाल
  • बुधबार, फाल्गुन २८, २०७६
  • 32.2K
    SHARES

काठमाडौं– दुई राप्रपाबीचको एकतालाई लिएर विवाद उत्पन्न भएको छ ।

कमल थापा नेतृत्वको राप्रपा र राप्रपा संयुक्तबीच आज औपचारिक रुपमा पार्टी एकता घोषणा हुँदै गर्दा राप्रपा संयुक्तका महामन्त्री सुनिलबहादुर थापासहित २२ जनाले एकता बहिष्कार गर्ने भएका छन् ।

महामन्त्री थापासहित २२ जनाको समूहले छिट्टै बैठक बसेर पार्टी एकताको विषयमा आफ्नो धारणा राख्ने जनाएको छ ।

संविधानमा धर्म निरपक्षता र लोकतान्त्रिक गणतन्त्र भनी उल्लेख भइसकेको अवस्थामा फेरि पुरानै चिन्तनबाट ग्रसित भएर पार्टी एकता हुन लागेको भन्दै थापा पक्ष अलग्गै उभिएको हो ।

यसअघि मंगलबार बसेको राप्रपा संयुक्तको अन्तिम केन्द्रीय समिति बैठकसमेत उनीहरुले बहिस्कार गरेका थिए ।

राप्रपा संयुक्तका प्रवक्ता एवं केन्द्रीय सदस्य किरण गिरीले बहिस्कारबारे आफूलाई जानकारी नभएको बताउँदै एकता प्रक्रिया नरोकिने जनाए ।

प्रतिक्रिया