• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

सिर्जनशीलता मार्ने हौवा

हाम्रा सन्तान धेरै समय नेटमा रह्यो भने, लौन यो बच्चा त बिग्रन लाग्यो भन्दै अत्तालिन्छौं । तर, ऊ सही तरिकाले इन्टरनेट वा युट्युब प्रयोग गर्दै छ भने उसले धेरै कुरा आफैं सिकिरहेको पनि हुन सक्छ । इन्टरनेट प्रयोग गर्दैमा बिग्रने होइन, सही सदुपयोग गर्नुपर्छ ।


  • खुला नेपाल
  • बुधबार, चैत्र ९, २०७८
  • 13.3K
    SHARES

सोसल मिडियाले हाम्रा बालबालिकालाई बर्बाद गरिरहेको छ भन्ने खबरले सञ्चारमाध्यमहरू भरिएको छ। लगातारको अध्ययनपछि अचानक हामीलाई हाम्रा डिजिटल दुनियाँमा मस्त हाम्रा बच्चाहरू सम्भवतः, वा निश्चित रूपमा, शक्तिविहीन, क्याटाटोनिक (निस्कृयता वा बाँकी दुनियाँसँग बोलचाल नगरेका कारण लाग्ने मानसिक रोगका लक्ष्यण) सेलमा परिणत भइरहेको चेतावनी दिइन्छ (त्यो पनि हाम्रै सामाजिक सञ्जालका फिडहरूमा आउँछ।)

अनि हामी तिनीहरूका उपकरणहरू तिनीहरूको सैतान औंलाहरूबाट छुट्टाउन कुस्ती खेल्छौं । सामाजिक सञ्जालले बालबालिकालाई निराश बनाइहरहेको छ भनिन्छ। टेक्स्ट म्यासेजले उनीहरूको सञ्चारको कौशललाई नष्ट गरिरहेको छ भनिन्छ। र, अहिले सबैभन्दा पछिल्लो खबरचाहिँ यसले ‘उनीहरूको अल्टीपनालाई हटाउँछ’ भनेर चिन्तित आमाबाबुलाई ढाढस दिने खालको दाबी पनि गरिएको छ, तर त्यसको अर्थ उनीहरूको रचनात्मकतालाई मार्छ भनेर पनि दाबी गरिन्छ।

ग्लेनन डोयलको पुस्तक ‘अनटेम्ड’ बाट कसैले एउटा अंश निकाल्यो र सोसल मिडियामा सेयर गरिदियो । त्यसको सार थियो सोसल मिडियाले भविष्यका सम्भावित मोजार्ट्स, मोनेट्स र मोरिमोटोसको संसारलाई वञ्चित गरिरहेको छ वा सोसल मिडियाकै कारण अब मोजार्ट्स, मोनेट्स र मोरिमोटोस जन्मदैन भनियो।

ग्लेनन डोयलको त्यो अंशमा भनिएको छ, ‘म स्वयं सबैभन्दा बढी चिन्तित महसुस गर्छु, जब हामी बच्चाहरूको बोर वा अल्छिपन हटाउन हाम्रा बच्चालाई फोन दिन्छौं । यसको अर्थ हो, हामी लेखकहरूको त्यस्तो पुस्तालाई हुर्काइरहेका छौँ जसले कहिल्यै लेख्न सुरु गर्दैनन्, कलाकारहरू कहिल्यै डूडल गर्न सुरु गर्दैनन्, शेफहरू कहिल्यै भान्सालाई अस्तव्यस्त बनाउँदैनन्, खेलाडीहरू जो कहिल्यै भित्तातर्फ बललाई हान्दैनन्, संगीतकारहरू जसले कहिल्यै आफ्नो अन्टीको गितार उठाएर बजाउँदैनन् ।’

आहा कति सुन्दर भनाइ, कति मीठो लेखन । यसले तपाईंलाई तानिहाल्छ । अनि यो पढेपछि तपाईँ आजका युवाको भविष्यका बारेमा आतंकित हुनुहुनेछ । चिन्तित हुनुहुनेछ, अझ भनौ तपाईँलाई प्यानिक अट्याक नै आउन सक्छ। डोयलको यो चिन्ता ‍गम्भीर हुन सक्छ, तर यो गलत हो ।

र, यदि तपाईँ आफ्ना सन्तानले अविश्वसनीय रूपमा रचनात्मक हिसाबले सोसल मिडियाको प्रयोग गर्दैछन् भन्नेमा शंका गर्नुहुन्छ भने, टिकटक हेर्ने गर्नुहोस् र आफ्नो दिमाग रन्थनाउनुहोस्। आजको पुस्ताले नाच्नु, गाउनु, र्‍यापिङ गर्नु, वाद्ययन्त्रहरू बजाउनु, खाना पकाउनु, बेकिङ गर्नु, फ्लिप गर्नु, खेलकुद, कुकुर–प्रशिक्षण‘ यसको कुनै अन्त्य छैन, सब सिकिरहेका छन्। यसमा असीमित रचनात्मकता छ, किनभने बच्चाहरू यसैसँग धेरै जोडिएका छन्– सोसल मिडियामार्फत तिनीहरू एकअर्कालाई सिकाउँदै छन् ।

जब हामी आफूलाई ‘चिन्तित’ बनाउने विषयहरूको बारेमा कुरा त गर्छौँ, तर के यी सिर्जना गरिएका डरहरू भरपर्दा छन् वा पर्याप्त रुपमा प्रमाणमा आधारित छन् भनेर हामी अभिभावकले आफैँलाई सोध्न आवश्यक छ । हामीले सतहमा हेर्दा साह्रै अर्थपूर्ण देखिए पनि यदि तपाईं गहिराईमा जानुभयो भने “आजका युवाहरू“ को बारेमा अहिले देखाइएका डर– हरेक आविष्कार आएका बेलाका युवा पुस्तालाई सताएको छ र थियो ।

पश्चिमी दर्शनको संस्थापक सुकरात लेखन प्रक्रियाकै भयानक विरोधी थिए भनिन्छ। उनको भनाइमा लेखन एक भयानक विचार हो । उनले भनेका थिए, ‘लेखनले सिक्नेहरूको आत्मामा बिर्सनेपन सिर्जना गर्नेछ, किनकि लेखनले गर्दा उनीहरूले आफ्ना स्मरण शक्ति प्रयोग गर्दैनन् ।’

वास्तवमा, जब प्रत्येकपल्ट कुनै नयाँ प्रविधिको आविस्कार हुन्छ, तब पुरानो पुस्ताले त्यो नयाँ आविस्कारका कारण मानवता कसरी नष्ट भइरहेको छ भनेर आफैँले आफैँलाई पीडा दिन्छ । पुस्तकदेखि लिएर शिक्षासम्म, सामान्यतः पत्रपत्रिकादेखि रेडियो र टिभीसम्म‘ सूचनाहरू भण्डारण गर्न, पठाउन र प्राप्त गर्न डिजाइन गरिएका यी प्रत्येक नयाँ प्रविधिलाई मानवताका लागि खतराको रूपमा हेरिएको थियो।

हो, सामाजिक सञ्जाल र इन्टरनेटमा यसको समस्याग्रस्त पाटाहरू धेरै छन्। र हामी पनि त्यसबारे सचेत हुनुपर्छ र त्यसबाट हुने हानीबाट बच्न कदम चाल्नुपर्दछ। तर, अन्य धेरै प्रविधिहरू जस्तै, इन्टरनेट भनेको तपाईंले यसलाई बनाउनु हुन्छ। र, सामाजिक सञ्जालले रचनात्मकतामा कति योगदान पुर्‍याएको छ भनी स्वीकार गर्ने अध्ययनहरू कहाँ भएका छन् र ?

मेरा बच्चाहरूले विशेषगरी युट्यूबमार्फत अन्य सिर्जनाकर्ताहरूले सिर्जना गरेका भिडियोहरू हेरेर आफ्नो सृजनशीलता वृद्धि गरेका छन् । मेरो १४ वर्षीय छोराले इन्टरनेटकै माध्यमबाट आफैँ पियानो, कोडिङ, र बाह्य अन्तरिक्ष र विज्ञानको बारेमा धेरै ज्ञान हासिल गरेको छ। मेरो छोराले आफैँले आफूलाई पियानो सिकाएको छ भनेर मैले भन्नुको अर्थ उसले “ट्विंकल, ट्विंकल, लिटिल स्टार“ सिकेको भन्ने होइन । मेरो मतलब उसले आफैँलाई डेबसीको “क्लेयर डे लुन“ को धून बजाउन सिकायो, जुन काम उनको औंलाको छेउमा इन्टरनेट नभएको भए सम्भव थिएन भन्ने उसलाई थाहा थिएन ।

मेरी ११ वर्षीया छोरीले आफैंलाई चित्र कोर्न, रंग भर्न, कार्टुन बनाउन र माटो मोल्ड गर्न सिकाइन्। मेरा भतिजीहरू राम्रो खेलाडी बन्नका लागि सहयोग होस् भनेर जिम्नास्टिक र फुटबलका अभ्यासहरू इन्टरनेटबाटै सिक्छन् । तिनीहरूमध्ये एकजनाले त आफैँ बेकरी सिकेकी छन् । यी सबै रचनात्मकता सामाजिक मिडियामा उनीहरूको पहुँचको प्रत्यक्ष परिणाम थियो ।

यद्यपि रचनात्मक प्रेरणाको लागि सोसल मिडिया प्रयोग गर्नेहरूमध्ये मेरो परिवारका बच्चाहरूमात्र छैनन् । मैले फेसबुकमा पोस्ट गरेर अन्य अभिभावकहरूसँग यही कुरा बुझ्न खोजेँ कि उनीहरूका बच्चाले यस्तै रचनात्मक विकासहरू पार गरेका थिए वा थिएनन् र त्यसको मैले त्यो पोष्टको टिप्पणी खण्ड सकारात्मक अनुभवका कथाहरूले भरिएको पाएँ ।

“उच्च क्रियात्मक अटिस्टिक पीडित मेरी छोरी आफैँले गाउन सिकिन्”, वाशिंगटन राज्यकी क्रिस्टी बताउँछिन्, “उसले आफ्नो कोठामा मात्र होइन युट्युबको सहयोगमा अन्य ठाउँहरूमा समेत गीत गाएर थप आत्मविश्वास प्राप्त गरिन्।”

विस्कन्सिनकी भ्यालेरीले उनको १४ वर्षको छोराले इन्टरनेट प्रयोग गरेर कोडिङ गर्न सिकेको बताइन् । “उसले भर्खरै राष्ट्रव्यापी स्क्र्याच कोडिङ प्रतियोगिताहरूमध्ये एउटा जित्यो”, उनी इन्टरनेटका कारण डराइरहेका आमालाई भन्छिन्।

इलिनोइसका तीनजना छोराकी आमा ट्रेसीले उनका हुर्किसकेका छोराहरूमध्ये कसैलाई पनि औजारहरूसँग काम गर्न आउँथेन, त्यसैले उनीहरूले युट्यूबको सहयोगबाट घरको आधारभूत र सामान्य मर्मतसम्भार र केही प्लम्बिङ र इलेक्ट्रिकल काम कसरी गर्ने भनेर आफैँलाई सिकाए ।

एक भायोलिन र भायोला शिक्षकको रूपमा, म नियमित रूपमा मेरा विद्यार्थीका लागि पूरक शिक्षाको रूपमा युट्यूबको प्रयोग गर्छु । म उनीहरूका लागि सुन्न र अध्ययन गर्न हरेक हप्ता कम्तीमा एउटा भिडियो असाइन गर्छु । युवावस्थामा म जब एक भाइला विद्यार्थी थिएँ, युट्यूबलाई स्रोतको रूपमा पाएको भए मैले के मात्र गर्न सक्ने थिइनँ होला ! म शतप्रतिशत निश्चित छु कि म एक खेलाडीको रूपमा अहिलेको भन्दा कम्तीमा दुई गुना राम्रो हुने थिएँ । धेरै संगीत शिक्षकहरूले तपाईंलाई भन्नेछन्, आजका युवा संगीतकारहरू पूर्व–सामाजिक मिडिया पुस्ताहरूभन्दा उत्कृष्ठ छन् । मलाई कुनै शङ्का छैन किन भने इन्टरनेटले विश्वका धेरै महान् खेलाडीहरूसम्म हाम्रो पहुँच बढाएको छ, र प्रत्येक कल्पनायोग्य उपकरण र संगीतको शैलीको प्रशस्त कक्षाहरू उपलव्ध छन् ।

र, यदि तपाई आफ्ना सन्तानले अविश्वसनीय रूपमा रचनात्मक हिसाबले सोसल मिडियाको प्रयोग गर्दैछन् भन्नेमा शंका गर्नुहुन्छ भने, टिकटक हेर्ने गर्नुहोस् र आफ्नो दिमाग रन्थनाउनुहोस् । आजको पुस्ताले नाच्नु, गाउनु, र्‍यापिङ गर्नु, वाद्य यन्त्रहरू बजाउनु, खाना पकाउनु, बेकिङ गर्नु, फ्लिप गर्नु, खेलकुद, कुकुर–प्रशिक्षण‘ यसको कुनै अन्त्य छैन, सब सिकिरहेका छन्। यसमा असीमित रचनात्मकता छ, किन भने बच्चाहरू यसैसँग धेरै जोडिएका छन्– सोसल मिडियामार्फत– तिनीहरू एकअर्कालाई सिकाउँदै छन्।

यदि तपाईँले कुनै प्रभावशाली खेलाडी वा नर्तक वा गायकमध्ये एकलाई टिकटकमा हेर्नुभयो भने- सही ढङ्गमा त्यो ६० सेकेन्डको सानो क्लिप तयार गर्न उनीहरूलाई कति कोसिस गर्नुपर्‍यो जस्तो लाग्छ ? त्यस्तो कुन शब्द हो जब तपाईँले एउटै कुरालाई तबसम्म बारम्बार दोहोर्‍याउनुहुन्छ जबसम्म तपाईँले आफूले चाहेजस्तो रूपमा त्यसलाई प्राप्त गर्नु हुँदैन ? हजूर, सही भन्नुभयो, अभ्यास। र धेरै बच्चाहरूले यही गरिरहेका छन्। तिनीहरू केवल बेवास्ताका साथ स्क्रिनलाई मात्र हेरिरहेका छैनन् जबकि उनीहरूको जीवन उनीहरूबाटै टाढा छ। उनीहरू अभ्यास गरिरहेका छन् । वास्तवमा उनीहरू आफ्नो रचनात्मकताको सीमा विस्तार गरिरहेका छन्।

हामी वयस्करूले आफ्ना बालबालिकाहरूको सामाजिक संसारलाई राम्ररी बुझेका छौँ सोचाइलाई त्याग्नुपर्छ जबकि हामीले अझै सक्रिय रूपमा त्यसमा संलग्न हुन र हाम्रा बच्चाहरू वास्तवमा सोशल मिडियाबाट बाहिर के बनिरहेका छन् भनेर पत्ता लगाउन समय लिएका छैनौं। अघिल्लो पुस्ताले झैँ गल्ती नगरौं र अत्याधुनिक प्रविधिले युवा पुस्ताले आफ्नो दिमाग ध्वस्त पारेको आरोप नलागोस्। किनभने, सत्य के हो भने, इन्टरनेट र सामाजिक सञ्जाल आफैँमा राम्रो वा नराम्रो हुँदैनन्। धेरै चीजहरू जस्तै, तिनीहरू तपाईँले नै निर्माण गर्नु भएको कुरा हो।

स्केरीममीमा प्रकाशित क्रिस्टियन मेको आलेखको भावानुवाद।

स्रोतः आइएनएसस्वतन्त्र समाचार

प्रतिक्रिया