• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

चन्द्रागिरि– ५ मा बुदोकाई दो हल र फुटसल शिलान्यास


  • खुला नेपाल
  • सोमवार, जेष्ठ ३०, २०७९
  • 10.3K
    SHARES

काठमाडौं । वाग्मती प्रदेश सांसद रमा आलेमगरले किसिपिडी बुदोकाई दो हल र वेस्टर्न युनाइटेड फूटबल क्लबको फुटसल शिलान्यास गर्नुभएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ५, यातायात टोलमा सोमबार बिहान आयोजित विशेष कार्यक्रमबीच प्रदेश सांसद माननीय आले र वडा नं. ५ का अध्यक्ष राजेन्द्र महर्जनले बुदोकाई दो हल र फुटसल भवनको संयुक्त रुपमा शिलान्यास गर्नुभएको ।

सो भवन निर्माणका लागि प्रदेश सरकारबाट प्राप्त ३० लाख रुपैयाँले जमिन सम्याउने र जग हाल्ने काम भइरहेको छ । कवर्ड हलका लागि आवश्यक रकम प्रदेश सरकारबाट क्रमिक रुपमा विनियोजन हुँदै जाने सांसद आलेले बताउनु भएको छ ।

यस्तै नपुग रकम चन्द्रागिरि नगरपालिका र वडाको तर्फबाट पनि विनियोजनका लागि अनुरोध गर्ने शिलान्यास कार्यक्रममा जानकारी गराइएको थियो । कवर्ड हल छिटो पूरा गर्न सांसद आलेले आग्रह गर्नुभएको छ ।

शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, स्थानीय समाजसेवी, खेलाडी र सर्वसाधारण उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा कबर्ड हल निर्माणमा विभिन्न तह र तप्काका महानुभावको सहयोगका लागि बुदोकाइका कार्यबाहक अध्यक्ष वीरकृष्ण महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया