• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

महावाणिज्यदूत अर्यालको कलकत्तामा भव्य बिदाई


  • खुला नेपाल
  • शनिबार, चैत्र १, २०७६
  • 12.4K
    SHARES

काठमाडौं । सरकारले सचिवमा भर्खरै बढुवा गरेका कलकत्ताका लागि निवर्तमान नेपाली महावाणिज्यदूत एकनारायण अर्याल कलकत्ताबाट बिदाइ हुनुभएको छ । अर्याललाई एक कूटनीतिक समारोहका बिच बिदाई गरिएको हो ।

सरकारले यसअघि नै अर्याललाई सचिवमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गर्ने निर्णय गरिसकेको छ ।

अर्यालले आफ्नो कार्यकालमा नेपाल र भारतबिच पारवहन तथा व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भुमिका खेल्नुभएको छ । उहाँको यो कामको नेपाल भारत दुवैतर्फका उद्योगी तथा व्यवसायीहरुले प्रशंसा गरेका छन् ।

महावाणिज्यदूत नियुक्त हुनुअघि उहाँ काठमाडौंको प्रमुख जिल्ला अधिकारीको भुमिकामा पनि हुनुहुन्थ्यो । भुकम्पको बेला उहाँले काठमाडौंमा नागरिकहरुको हितमा महत्वपूर्ण काम गरेको पाइन्छ । त्यो बेला प्रहरी प्रशासनसँगको समन्वय, खाद्यान्न लगायतका उपभोग्य वस्तुहरुको उपलब्धता, कर्मचारी परिचालन, नागरिकको स्वास्थ्य तथा उपचारको समन्वयलगायतमा उहाँको विशेष भुमिका थियो ।

त्यसैगरी मकवानपुरमा प्रजिअ हुँदा उहाँले चेपाङ वस्तीमा पहिलोपटक नागरिकता वितरण गर्नुभएको थियो । सेवाका क्रममा राष्ट्र र नागरिकप्रति बफादार भएकै कारण अर्याललाई सरकारले सचिव पदमा बढुवा गरी काठमाडौं महानगरपालिकामा पदस्थापना गरेको छ ।

गृह प्रशासनको समेत गहिरो अनुभव भएका अर्याललाई काठमाडौ‌ महानगरपालिकामा पदस्थापनाले महानगरपालिका सुध्रिने अपेक्षा गरिए पनि उहाँका लागि अनुभवको हिसाबले उपयुक्त जिम्मेवारी भएन की भन्ने कर्मचारीतन्त्रका केही विज्ञहरुको विश्लेषण छ ।

प्रतिक्रिया