• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

काफल टिपे चरीले (फोटो फिचर)

लकडाउनमा घरभित्रै बसेर सही, तपाईँहरु पनि हेर्नुन त घ्याम्पे डाँडा, रानीकोट, सिपाडोल, गुन्डु आसपासका मनोरम दृश्यहरू


  • शब्द / तस्वीर- नरेन्द्र रौले
  • शनिबार, जेष्ठ १७, २०७७
  • 107.4K
    SHARES

 

कोभिड–१९ पछि लकडाउन भएको दुई महिना नाघ्यो । यसबीच नागरिकले अनेक प्रकारका दुःख, कठिनाइ झेले ।

शहरी क्षेत्रमा लकडाउनले प्रत्यक्ष प्रभाव पारे पनि गाउँमा यसको ठूलो असर देखिएको छैन । अर्थात् चहलपहल छ ।

गाउँलेहरू निर्धक्क काम गरिरहेका छन् । कोठामा थुनिएर बस्नु पर्ने अवस्था छैन ।

जनता खुला वातावरणमा निर्धक्क जीवनयापन गरिरहेका छन् ।

कोही नयाँ मान्छे गाउँमा भित्रिन्छ कि भन्ने निगरानी भने उनीहरु गरिरहन्छन् ।

अरु बेला घ्याम्पेडाँडा, रानीकोट, सिपाडोलमा आन्तरिक पर्यटकहरूको बाक्लो भीड देखिन्थ्यो ।

राजधानीबाट नजिकै भएका कारण पनि यी क्षेत्र धेरैको रोजाइमा पर्छन् ।

लकडाउनमा भने शान्त छन्, यहाँका डाँडाकाँडा ।

यसपालि यहाँका ऐंसेलु, काफल खेर गए । ‘चरीले काफल टिप्यो… भनी राजनराज शिवाकोटीले गीत गाएजस्तै

टिप्नेजति चरीले टिपे । स्थानीयले त खाइसाध्यै छैन । बाँकी खान को पुग्ने ?

पहिले पहिले यता घुमेर काफल खानु भएकाहरु, ऐँसेलु खानु भएकाहरुले वा यही वर्ष आउने योजना बनाउनु भएकाहरुले पक्कै मिस चाहिँ गरिरहनु भएकै होला ।

होटल र रिसोर्टहरू सुनसान बने ।

राजधानीबाट गर्मी छल्न भक्तपुरका घ्याम्पेडाँडा, रानीकोट घुम्न आउनेहरूले यसपालि धेरै कुरा मिस गरे ।

लकडाउनमा घरभित्रै बसेर सही, तपाईँहरु पनि हेर्नुन त घ्याम्पेडाँडा, रानीकोट, सिपाडोल, गुन्डु आसपासका मनोरम दृश्यहरू :

 

प्रतिक्रिया