काठमाडौं । तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने मौखिक प्रस्ताव गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।
आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गरेर तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने उनको भनाइ छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
