• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

देश मध्यावधि निर्वाचनतर्फ जाँदै छ : कमल कँडरिया


  • खुला नेपाल
  • सोमवार, बैशाख ११, २०८०
  • 1.2K
    SHARES

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य कमल कँडरियाले देशमा अनिश्चितता र अस्थिरताको बादल मडारिएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप नगर पालिका कमिटीको मिसन ग्रासरुट समीक्षा कार्यक्रममा बोल्दै कँडरियाल देशलाई अस्थिरतामा जानबाट रोक्न एमालेको बहुमत सहितको सरकार आवश्यक रहेको बताउनुभयो ।

कांग्रेस राज्य कोषको दुरुपयोग गर्न सिपालु भएको बताउँदै कँडरियाले अहिले प्रचण्डले खाएको कांग्रेसलाई खपिनसक्नु भएकोले प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउने खेलमा कांग्रेस लागि सकेको बताउनुभयो । प्रचण्डको दौडधुपले पनि यो कुरालाई पुष्टि गरेको उहाँले प्रष्ट पार्नुभयो । ‘प्रचण्डको दौडधुप बढेको छ, प्रचण्डलाई प्रधानमन्त्रीबाट निकाल्ने तयारी हुँदै छ, देश अब मध्यावधि निर्वाचनमा जान्छ, त्यसैले एमाले चुनावको तयारीमा लाग्नुपर्छ’, उहाँले भन्नुभयो ।

निराश भएर होइन ऊर्जाका साथ कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । एमालेको शासनकालमा भएका राम्रा कुरा जनताको माझ लैजान सके मात्रै पनि एमालेको विजयलाई कसैले रोक्न नसक्ने उहाँले बताउनुभयो । सहमति, सहकार्य, एकता र सहअस्तित्वले मात्र पार्टीलाई अघि बढाउन सकिने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया