काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल म्यानमारकाे यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार साँझ पाैने ६ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेलमा जुन ८ गते चीन तथा तेस्रो खेलमा जुन १० गते चाइनिज ताइपेइसँग खेल्नेछ । छनोटको समूह ‘बी’ मा नेपालसहित म्यानमार, चीन र चाइनिज ताइपेई छन् ।नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा प्यालेस्टाइन र उत्तरी मरियाना आइल्याण्डलाई समान ६-० ले हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
