• शुक्रबार, मंसिर १२, २०८३
  • Friday 27th November 2026

साफ च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै


  • खुला नेपाल
  • बुधबार, असार ६, २०८०
  • 3.8K
    SHARES

काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतको बेंग्लाेरमा सुरु हुँदैछ ।साफ च्याम्पियनसिप फुटबलकाे उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ । नेपाल र कुवेतबीचकाे खेल बेंग्लाेरस्थित श्री कान्तिराभा रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

याे संस्करणकाे प्रतियाेगितामा साफका ६ र २ आमन्त्रित गरी ८ राष्ट्र टोली सहभागी छन् । साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलंका सहभागी छैन । प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले भने आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएका छन् ।

नेपालले असार ९ गते आयोजक भारत र असार १२ गते पाकिस्तानसँग खेल्नेछ । माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा भारतसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

प्रतिक्रिया