• बिहिबार, मंसिर ११, २०८३
  • Thursday 26th November 2026

विश्वकप छनोट : यूएईविरुद्ध नेपाललाई पहिलो सफलता


  • खुला नेपाल
  • आइतवार, असार १७, २०८०
  • 2K
    SHARES

काठमाडौँ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत  युएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ ।

हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । नेपालका लागि करन केसीले पहिलो सफलता दिलाएका छन् । उनले खेलको दोस्रो बलमा नै विकेट लिएका हुन् ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले  नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया