काठमाडाैं । एसीसी एसिया कप क्रिकेट प्रतियोगिता, २०२३ को खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पाकिस्तान र श्रीलंकामा आयाेजना हुने प्रतियाेगिताकाे खेल तालिका बुधबार सार्वजनिक गरेको हाे । साे प्रतियाेगिता अगष्ट ३० देखि सेप्टेम्बर १७ (भदौ १३ देखि ३१ गते) सम्म सञ्चालन हुनेछ ।
खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्नेछ । उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।
एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।
प्रतियोगिताका १३ खेलमध्ये ४ खेल पाकिस्तानमा र ९ खेल श्रीलंकामा हुनेछन् ।

-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
