• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एमालेले असोज महिना भित्र प्रदेश अधिवेशन सक्ने


  • खुला नेपाल
  • मङ्लबार, साउन ९, २०८०
  • 1.2K
    SHARES

काठमाडौं । नेकपा एमालेले आउने असोज महिना भित्रै पार्टीका प्रदेश अधिवेशन गरिसक्ने भएको छ । एमालेले सात मध्ये ६ वटा प्रदेश अधिवेशनको मिति नै तोकिसकेको छ । अब गण्डकी प्रदेश अधिवेशनको मिति मात्र तोक्न बाँकी छ । एमाले केन्द्रीय कार्यालयका अनुसार कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ गते हुने भएको छ । त्यस्तै मधेश प्रदेशको अधिवेशन असोज ५ र ६ गते हुने भएको छ ।

लुम्बिनी प्रदेशको अधिवेशन भदौ महिनामा नै हुने भएको छ । भदौको १६ र १७ मा लुम्बिनी प्रदेश अधिवेशन हुने भएको छ ।त्यस्तै कर्णाली प्रदेशेको पार्टी अधिवेशन  भदौ २९–३० मा हुने भएको छ ।  सुदूरपश्चिम प्रदेशको अधिवेशन भदौ २२–२३ मा गर्ने एमालेले मिति तोकेको छ ।

अधिवेशन तोक्न बाँकी रहेको गण्डकी प्रदेशको पनि छिट्टै बैठक बसेर अधिवेशन तोक्ने एमालेले जनाएको छ । गण्डकीको अधिवेशन पनि असोज महिना भित्र नै हुने बताइएको छ । प्रदेश अधिवेशनमा १ सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछन् । प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला अनिवार्य छान्नु पर्ने छ । त्यस्तै उत्पीडित समुदाय र मजदुरबाट पनि कोटामा प्रतिनिधि ल्याउने तयारी एमालेले जनाएको छ ।

नेकपा एमालेले पार्टी सदस्यको अन्तिम नामावली तयार गर्दै छ । सो नामावली तयार भएपछि प्रदेश अधिवेशनका प्रतिनिधि सङ्ख्या निश्चित हुने छ । एमालेले एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तयारी गरेको छ । सोही तालिका अनुसार सबैभन्दा पहिले प्रदेश अधिवेशन गर्ने तयारीमा एमाले लागेको छ ।

 

प्रतिक्रिया