• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

डीएसपी ठगबहादुर केसी बर्खास्त, सरकारी सेवामा अयोग्य नठहरिने


  • खुला नेपाल
  • मङ्लबार, साउन ९, २०८०
  • 2.7K
    SHARES

काठमाडौं । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले हिजो सोमबार बर्खास्त गरेको हो ।

डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको बताइएको छ । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका उनले गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीतको कार्य गरेको ठहर प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनले गरेको छ । सोही अनुसार केसीलाई जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो । त्यसलगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितिले केसीलाई फौजदारी कसूर अन्तर्गत छानबिन गर्न सिफारिस गरे पनि आन्तरिक छानबिन मात्र भएको थियो ।

प्रतिक्रिया