काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा क्यानडाले आयरल्याण्डलाई पराजित गरेकाे छ । बुधबार अष्ट्रेलियाको मेलबर्नमा भएको खेलमा क्यानडाले आयरल्याण्डलाई २-१ गोलअन्तरले पराजित गरेकाे हाे । क्यानडाका एड्रियाना लियोनले एक गोल गरिन् भने एक गोल क्यानडाले आत्मघाती उपहार पायो । आयरल्याण्डका लागि केटी म्याककेबले सान्त्वना गाेल फर्काइन् ।
आजको जितसँगै २ खेलबाट ४ अं जाेडेकाे क्यानडा समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ । दुवै खेल हारेको आयरल्याण्ड पुछारमा छ ।बुधबार न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘सी’ को खेलमा स्पेनले जाम्बियालाई ५-० गोलले हराएकाे छ । स्पेनका लागि जेनिफर हर्माेसाे र अल्बा रेडाेन्डाेले २ तथा टेरेसा अबेलेरियाले १ गाेल गरिन् । आजकाे जितसँगै २ खेलबाट ६ अंक जाेडेकाे स्पेन समूह ‘सी’ काे शीर्ष स्थानमा छ । समान खेलमा अंकबिहीन रहेकाे जाम्बिया पुछारमा छ ।
बुधबार नै भएकाे समूह ‘सी’ काे अर्काे खेलमा जापानले कोस्टारिकालाई २-० गोलले हराएको छ । न्युजिल्याण्डकाे फाेर्सिथ बार स्टेडियममा भएकाे खेलमा जापानले काेस्टारिकालाई २-० गाेलले हराएकाे हाे । जापानका लागि हिकारु नाेमाेताे र ओबा फुजिनाेले गाेल गरिन् । जापान २ खेलमा ६ अंकसहित समूह ‘सी’ काे शीर्ष स्थानमा छ । काेस्टारिका समान खेलमा अंकबिहीन हुँदै अंक तालिकाकाे पुछारमा छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
