काठमाडौं । कुवेतबाट आज ३ सय नेपाली स्वदेश फर्कदै छन् । कुवेतबाट आममाफी पाएर घर फिर्ती केन्द्रमा रहेका तीन सय नेपालीलाई कुवेत सरकारले नेपाल पठाइदिने भएको हो ।
फर्कने तीन सय जनाको सूची कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी सीसीएमसीले तय गरिसकेको छ । आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९ सय ९१ जनाको सूची दूतावासले परराष्ट्रलाई मन्त्रालयलाई बुझाएको र उनीहरुमध्ये ३ सय जनालाई दुई वटा उडानमार्फत कुवेत सरकारले नेपालसम्म ल्याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै तीन सय नेपाली आउन लागेको र समय भने टुंगो लागि नसकेको नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले पनि जानकारी दिनुभयो । कुवेतबाट जजिरा एअरवेजले नेपालीलाई लिएर आउने नेपाली दुतावास कुवेतले जनाएको छ ।
कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातबिहीन भएका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत स्वदेश फर्काइदिने भएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
