प्रेरक प्रसंग
एकपटक गुरु नानक यात्राका क्रममा एउटा नौलो राज्यमा पुगे । त्यहाँका राजा जनतालाई सताउने, उनीहरूको सम्पत्ति हडप्नेजस्ता कार्यमा अलि बदनाम छन् भन्ने उनले सुनेका थिए । राजाले पनि गुरु नानकको नाम र महानताबारे सुनेका थिए । त्यसैले, उनी गुरु नानकलाई भेट्न उनी बसेकै स्थानमा आए ।
कुराकानीका क्रममा गुरु नानकले राजासित केही पत्थर धरौटी राखेर आफूलाई रकम दिन अनुरोध गरे । गुरु नानकको अनुरोध सुनेपछि राजाले भने– हुन्छ महात्मा, तपाईंले भनेजस्तै धरौटी राखेर रकम दिन कुनै समस्या छैन, म व्यवस्था मिलाइदिन्छु । तर, हजुर यी पत्थर लिन कहिले आउनुहुन्छ रु गुरु नानकले भने– म फकिरजस्तो मानिस, घुम्दाघुम्दै कता पुग्छु पत्तो हुँदैन । म यो फिर्ता लिन आउन भ्याउँदिनँ । म तपार्इंभन्दा अगाडि नै यो संसार छाडेर गइसकेको हुनेछु । त्यसैले, जब तपाईं यो संसार छाडेर आउनुहुन्छ अनि मेरा यी पत्थर पनि उतै ल्याइदिनू, म उतै लिउँला नि हुन्न रु
गुरु नानकका कुरा सुनेपछि छक्क पर्दै राजाले भने– हजुर के भन्दै हुनुहुन्छ गुरु रु कहीँ मरेर गएका मानिसले पनि साथमा यी पत्थर, धनसम्पत्ति लिएर जान सक्छन् त रु राजाका कुरा सुनेपछि हल्का मुस्कुराउँदै गुरु नानकले भने– मरेर जाँदा साथमा लान नसकिने भए तपाईं अहिले सम्पत्ति थुपार्न किन यत्रो मरिहत्ते गर्दै हुनुहुन्छ त रु गुरु नानकका कुरा सुनेपछि राजा झसंग भए । उनले गुरु नानकसित माफी मागे र त्यस दिनदेखि उनले जनतालाई कहिल्यै सताएनन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
