काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको मतपरिणाम एकैसाथ आउने भएको छ । सबै उम्मेदवारको मतपरिणाम एकैसाथ सार्वजनिक गरिने एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभएको छ ।
विद्युतीय मेसिनबाट चिप निकाल्ने क्रम अन्तिम चरणमा पुगेकोले केही समयपछि मतगणना सुरु हुँदैछ ।
नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए । ३६ जना भने मतदानमा अनुपस्थित भए ।
मतगणना सुरु भएको तीन घण्टाभित्र परिमाण आउने बताइएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
