• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कतारबाट पहिलो चरणमा १ सय ४९ नेपाली स्वदेश आइपुगे


  • खुला नेपाल
  • आइतवार, असार ७, २०७७
  • 23.2K
    SHARES

फाइल तस्वीर : कतार, दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रस्थान गर्न लागेका नेपालीहरु ।

काठमाडौं । कतारबाट पहिलो चरणमा १ सय ४९ जना नेपाली स्वदेश आइपुगेका छन् । कोरोना महामारीका कारण कतारमा समस्यामा परेका नेपालीलाई राजदूतावासको समन्वयमा पहिलो चरणमा नेपाल फर्काइएको हो ।

नेपाल एयरलाइन्सको विमानले दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट २९ जना सुत्केरी/गर्भवतीसहित ८२ जना महिला, ३ जना बालबालिका र ६४ जना पुरुषलाई लिएर आज बिहान काठमाडौं आएको हो ।

नेपाल प्रस्थान गर्नु अघि विमानस्थलमा कतारका लागि नेपाली राजदूत र दूतावासका कर्मचारीहरुले नेपालीलाई बिदाई गरेका थिए ।

दूतावासले नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउने र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरुप पहिलो चरणमा कतारबाट नेपालीलाई स्वदेश पठाएको जनाएको छ ।

 

प्रतिक्रिया