काठमाडौं । कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मापसे जाँच तत्कालका लागि रोकिएको बताउनुभएको हो । तर अत्यावश्यक परेको खण्डमा भने अस्पतालमै लगेर भएपनि परीक्षण गरेर आफन्तको जिम्मा लगाइने ढकालको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पहिले जस्तो मेसिन लगाएर चेक गर्दैनौं । तर, लरबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण गराउँछौं । र, आफन्तको जिम्मा लगाउँछौं’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
