• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

के मेस्सी र रोनाल्डोलाई एउटै जर्सीमा हेर्ने दिन नजिकिएको हो त ?

सिटीको ब्यवस्थापन मेस्सीलाई प्रिमियर लिग खेलाउन


  • नेपाल
  • बुधबार, माघ २९, २०७६
  • 38.9K
    SHARES

स्पेनिस महारथी बार्सिलोनाले यस सिजन कमजोर प्रदर्शन गरेपछि कप्तान लियोनल मेस्सी खुसी नरहेको समाचारहरु बाहिर आएका छन् । मेस्सी पछिल्लो समय क्लबको खराब नजिता र त्यसमाथि क्लबका निर्देशक एरिक अबिडालले खेलाडीले अल्छी गरेर खेल्न नसकेको भन्दै लगाएको आरोपसँग बढी रुष्ट छन् ।

मेस्सीले आफ्नो पूर्व सहकर्मी रहिसकेका निर्देशकको भनाइको तत्काल आलोचना गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए । बार्सिलोनामा नयाँ प्रशिक्षक क्वीक सेटिन आएपछि पनि टोलीको प्रदर्शनमा खासै सुधार देखिएको छैन । विस्तारै ला लिगामा समेत रियल म्याड्रिडको दबदबा सुरु भएको छ । यही परिदृश्यका बीचमा पछिल्लो साता कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने चर्चा चलेको छ । मेस्सीको आगामी सिजनदेखि फ्री ट्रान्सफर हुने र उनलाई इङ्लिस क्लब म्यानचेस्टर सिटीले अनुबन्धन गर्ने चर्चा चलेको छ ।

सिटीको प्रशिक्षक पेप ग्वार्डिओलाले दुई वर्षअघिनै मेस्सीलाई ल्याउन चाहे पनि त्यो सम्भव भएको थिएन । पछिल्लो समय सिटीको ब्यवस्थापन मेस्सीलाई प्रिमियर लिग खेलाउन भित्रभित्रै लागि परेको बुझिएको छ । तर १३ वर्षको उमेरदेखि बार्सिलोनामा रम्दै आएका ३२ वर्षीय मेस्सीले बार्सिलोना छाड्ने विषय त्यति सहज भने छैन ।

प्रतिक्रिया