• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

निष्पक्ष अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको आग्रह


  • खुला नेपाल
  • बुधबार, अशोज ९, २०८१
  • 3.9K
    SHARES

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने प्रतिकूल प्रभावप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा कसैले पनि घृणायुक्त अभिव्यक्ति नदिन तथा कानुनको सम्मान गर्दै निष्पक्ष अनुसन्धान प्रक्रियामा सहयोग गर्नसमेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

“कानुनको कार्यान्वयनमा पूर्वाग्रह भएको, दुराशय राखी पक्राउ गरिएको, पक्राउ गरिएका व्यक्तिप्रति मानवोचित व्यवहार नभएको र स्वास्थ्य उपचारमा पूर्वाग्रही भएकोजस्ता सूचनाहरू आयोगमा प्राप्त भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “प्राप्त सबै सूचनाको आयोगले अनुगमन गरिरहेको छ, पक्राउ र आरोपको पक्षविपक्षमा भएका गतिविधिबाट नागरिकको मानव अधिकार संरक्षण र शान्तिसुरक्षामा प्रभाव परिरहेको देखिएको छ ।”

प्रतिक्रिया