• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

२ अर्ब नाघे ह्वाट्स एपका प्रयोगकर्ता


  • खुला नेपाल
  • बुधबार, फाल्गुन १४, २०७६
  • 10.5K
    SHARES

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ।

मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सआपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ।

फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सआप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो। ह्वाट्सआपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ।

दुई अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोशेढुङ्गा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महशुस गरेको ह्वाट्सआपको ब्लगपोस्टमा लेखिएको छ।

कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढङ्गबाट सुरक्षित गरिने र कसैले सहजै भङ्ग गर्न नसक्ने परिस्थिति निर्माण गरिने जनाएको छ।

अमेरिकी सरकारले ह्वाट्सआप, मेसेन्जर, भाइबर जस्ता सञ्चार सेवाका सन्देशहरुमा राज्यका निकायको पहुँच बढाउनु पर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको छ।

गत साता, बाल सुरक्षा संघसंस्थाहरुले फेसबुक समक्ष बलिया ‘इन्क्रिप्सन’ योजना लागू गर्दा बाल यौन दूराचारीले अनुचित फाइदा उठाउन सक्ने भन्दै यस्तो योजना स्थगित गर्न आग्रह गरेका छन्।

ह्वाट्सआपका कर्मचारीले परीक्षणका रुपमा प्रयोग गरिरहेको इन्क्रिप्सन निकै बलियो रहेको र त्यसका डाटा कुनै पनि सरकारी निकायले अध्ययन गर्न नसक्ने देखिएको छ।

प्रतिक्रिया